प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक चैत १७ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर सवा १ बजेसम्मका लागि सारिएको थियो । 

दलहरूबीच सहमति जुट्न नसकेपछि संसद् बैठक बुधबारबाट सुचारु हुन सकेको छैन । बिहीबार पनि संसद् चल्न नसकेपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे गरी बैठकको समय तोकेका थिए । 

प्रतिपक्षमा रहेका दलहरूले बुधबारको बैठकको सुरुवातमै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने भन्दै अवरोध गरेका थिए । 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान राखिरहेका छन् । तर, सत्ता पक्ष उनीहरूको माग सम्बोधन गर्न तयार देखिएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ५३ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,