राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते « Khabarhub

राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेको छ ।  

राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो । 

नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका राजावादीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोगका क्रममा प्रहरीले राजावादीमाथि अश्रुग्यास प्रहार गरिरहेको छ । 

प्रदर्शनकारीहरू सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । तीनकुनेमा रहेका खबरहबकर्मी संगम ढकालका अनुसार प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा केही व्यक्तिहरू घाइते भएका छन् । 

खबरहबले कैद गरेको एक भिडियो फुटेजमा एक जना सादा पोसाक लगाएका व्यक्ति बेहोस देखिएका छन् । उनीबारे विस्तृत खुलेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ११ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात