राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते « Khabarhub

राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेको छ ।  

राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो । 

नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका राजावादीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोगका क्रममा प्रहरीले राजावादीमाथि अश्रुग्यास प्रहार गरिरहेको छ । 

प्रदर्शनकारीहरू सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । तीनकुनेमा रहेका खबरहबकर्मी संगम ढकालका अनुसार प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा केही व्यक्तिहरू घाइते भएका छन् । 

खबरहबले कैद गरेको एक भिडियो फुटेजमा एक जना सादा पोसाक लगाएका व्यक्ति बेहोस देखिएका छन् । उनीबारे विस्तृत खुलेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ११ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,