अराजकतातिर राजावादी, सञ्चारमाध्यमका कार्यालय तोडफोड, घरमा लगाइदिए आगो (तस्बिरहरू) « Khabarhub

अराजकतातिर राजावादी, सञ्चारमाध्यमका कार्यालय तोडफोड, घरमा लगाइदिए आगो (तस्बिरहरू)


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले हिंसा भड्किने गरी आफ्नो आन्दोलनलाई अराजकतातिर लगगेका छन् ।

तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादी समूहले प्रहरीलाई ढुंगामुढादेखि सर्वसाधारणका घरमा आक्रमण र आगजनीसम्म गरेका छन् ।

प्रहरीले भवनमा चढेर अश्रुग्यास हानेको भन्दै अराजकतातिर अघि बढेका राजावादीले घरमा आगजनीसमेत गरेका छन् ।

उनीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय रहेको भवनमासमेत ढुंगामुढा गरेका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास, पानीको फोहोरा र हवाइ फायरसमेत गरिरहेको छ ।

प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गर्न भ्याएका छन् । अवस्था नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ३ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको