पूर्वराजाबारे विप्लव भन्छन्- जनतालाई पैतलामुनीको धुलोजत्ति पनि नमान्ने शासकको खाँचो छैन « Khabarhub

पूर्वराजाबारे विप्लव भन्छन्- जनतालाई पैतलामुनीको धुलोजत्ति पनि नमान्ने शासकको खाँचो छैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा नेपालको एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनतालाई पैतलामुनीको धुलो जत्ति पनि नमान्ने शासकको खाँचो नभएको बताएका छन् । 

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनी मार्गमा आयोजना गरेको जनसभा सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गरेर उनले जनतालाई पैतलामुनीको धुलो जत्ति पनि नमान्ने शासकको खाँचो नभएको बताएका हुन् ।   

‘हामी यो मैदानबाट चुनौती दिन चाहन्छौँ र भन्न चाहन्छौँ हामीलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामत्नहरूको खाँचो छैन । हामीलाई सामन्ती तत्त्वहरूको खाँचो छैन,’ विप्लवले भने, ‘हामीलाई पैतलामुनी जनतालाई धुलोसरी पनि नटेर्ने, सामन्तवादी हैकम चलाउने प्रवृत्तिहरूको हामीलाई खाँचो छैन । शासकहरूको हामीलाई खाँचो छैन ।’

विप्लवले मुलुक गणतन्त्रमा गएपछि पनि नेपाली जनताका सबै चाहना सम्बोधन नभएको आफूहरूलाई थाहा भएको जिकिर गर्दै नेपाली जनताले गणतन्त्रप्रति गौरव गर्ने पनि बताए । 

‘हामी गणतन्त्रसम्म आएका छौँ । नेपाली जनताका सबै चाहना सम्बोधन भएका छैनन्, हामीलाई राम्रोसँग थाहा छ,’ विप्लवले भने, ‘तर, हामीलाई यो पनि थाहा छ कि नेपाली जनताहरू गणतन्त्रसँग गौरव गर्छन् ।’ 

उनले अब गणतन्त्रबाट पछि फर्किन नसकिने पनि बताए । ‘गणतन्त्रबाट पछि फर्किने होइन, केही मान्छेहरूले केही तत्त्वहरूले अहिले फेरि गणतन्त्र उल्टाएर राजतन्त्रको वकालत गरिरहेका छन् । राजतन्त्र फर्काउने कुरा गरेका छन्,’ उनले भने ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ५८ बजे

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित