राष्ट्रिय मुक्ति पार्टीद्वारा शिक्षकमाथि भएको दमनको विरोध « Khabarhub

राष्ट्रिय मुक्ति पार्टीद्वारा शिक्षकमाथि भएको दमनको विरोध


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौंमा आन्दोलनरत शिक्षकमाथि सरकारले गरेको दमनको विरोध गरेको छ । अध्यक्ष राजेन्द्र महतोले सोमबार विज्ञप्ति जारी गरेर सरकारले शिक्षकमाथि गरेको दमनको विरोध गरेका हुन् । 

‘शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनद्वारा गरिएको अत्याधिक दमन र बल प्रयोगले पाँच दर्जनभन्दा बढी शिक्षक र पत्रकार घाइते बनाउनु लोकतान्त्रिक मुलुकको निम्ति अत्यन्त दुर्भाग्यपूर्ण र दुःखको विषय हो,’ उनले भनेका छन्, ‘यस्तो राज्य आतंक र कुकृत्यको हामी घोर भत्सर्ना गर्दछौँ ।’ 

सामुदायिक विद्यालयका लाखौँ विद्यार्थीको भविष्य बिग्रिरहँदा सरकार गम्भीर नहुनु, माग पूरा गर्न उदासिन देखिनु र शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि प्रहार गर्नुले सरकारको अत्याचार, निरङ्कुशता र दमनकारी चरित्रको उजागर भएको महतोको भनाइ छ । 

‘लोकतान्त्रिक मुलुकमा यसखाले गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजलाई अंधकारबाट मुक्ती दिलाउने शिक्षकहरु एक्लो नरहेको उहाँहरूको जायज मागको साथमा सम्पूर्ण न्यायप्रेमी जनता रहेकोले निरीह र असहाय ठान्ने सरकारले भुल नगरोस् र यथाशीघ्र पीडित शिक्षकहरुको माग तत्काल सम्बोधन गरोस् ।’ 

अध्यक्ष महतोले २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूलाई आन्दोलन र आफू आवद्ध पार्टीसँगको आवद्धता मध्ये कुनै एक छोड्न पनि सुझाव दिएका छन् । 

‘अधिकतर शिक्षकहरू अहिलेकै सत्तासीन प्रमुख दलमै आवद्ध हुनुहुन्छ । उहाँहरूकै सरकार छ र पनि हकहितको निम्ति संघर्ष गर्नुपरेको छ । उहाँहरूकै सरकारले माग पनि सम्बोधन गरिरहेको छैन र उल्टै दमनमा उत्रेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण यस्तो परिस्थितिमा या त उहाँहरूले सरकारको विरुद्धमा आन्दोलन गर्न छोड्नु पर्‍यो या त अधिकांश शिक्षकहरू आफूहरू आवद्ध रहेको कांग्रेस, एमाले पार्टीको आबद्धता त्याग्नु पर्‍यो ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ३१ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता