सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने « Khabarhub

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने भएको छ । आज एक कार्यक्रमका बीच जनमत पार्टीका अध्यक्ष डा सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा पार्कको शिलान्यास गरे ।

मधेस प्रदेश सरकारको रु ८० लाख लागतमा डिभिजन वन कार्यालयले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढेको हो । मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको बताए

“यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र हो । यसको आफ्नै महत्व र गरिमा छ । यस क्षेत्रलाई व्यवस्थित बनाइ धार्मिक पर्यटन विकास र छिमेकी भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष महत्व दिएर अम्बेडकर पार्क बनाउन लागिएको हो”, उनले भने, “अम्बेडकर जस्तो विश्वमा प्रतिष्ठित व्यक्तिको नाममा पार्क बनाउँदा यहाँका दलित तथा अन्य समुदायलाई एउटा प्रेरणा मिल्नेछ । यस क्षेत्रको जैविक विविधतालाई ध्यान दिँदै विकास गरिने छ ।”

डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् । धार्मिक वनअन्तर्गत करिब नौ बिघा क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । पार्क निर्माणामा थप सहजताका लागि मन्दिरका पुजारी एवं स्थानीय जीतेन्द्रदेव धामी (दनुवार)ले फूलबारीसँगै जोडिएको आफ्नो नामको १० घुर जग्गासमेत दान गरेका छन् ।

प्रत्यक वर्ष वैशाख १ गते फूलबारी मेला लाग्ने गर्दछ, जहाँ सोही दिनमात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

को हुन् अम्बेडकर ?

बाबासाहेव भीमराव अम्बेडकर भारतीय नागरिक थिए । उनले भारतीय राजनेता, दलित अगुवा, नागरिक तथा मानव अधिकारकर्मी हुँदै जातीय र धार्मिक सामाजिक विभेदविरोधी सङ्घर्षको सफलतापूर्वक नेतृत्व गरेका थिए । सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्ष निर्वाचित भई उहाँले अनुसूचीत जातिलाई गरेको भेदभावविरुद्ध समानताको पक्षमा विशेष संवैधानिक प्रबन्ध गर्न महत्वपूर्ण योगदान गरे ।

उनलाई बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स, लण्डन युनिभर्सिटीबाट ‘डाक्टर अफ अल साइन्स’मा विद्यावारिधि उपाधि प्राप्त गरेको एकमात्र व्यक्तिका रूपमा समेत चिन्ने गरिएको छ । उनको सालिक लण्डनको म्युजियममा कार्ल माक्र्सको सालिकसँगै राखिएको कार्यक्रममा जानकारी दिइयो ।

कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय विद्वान्हरूको नाम सूचीकृत गरेकामा अम्बेडकरको नाम सो सूचीको पहिलो नम्बरमा राखेको थियो । मानवताका लागि गरेको योगदानको कदर गर्दै उनको सालिक विश्वका विभिन्न ठाउँहरूमा स्थापित गरिएको जानकारहरूले बताएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ४४ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले