स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित « Khabarhub

स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

मड्रिड – स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिसियाले देशभर विद्युत् आपूर्ति बन्द भएको जनाएको छ। अहिले विद्युत् सेवा पुनःस्थापना गर्ने र ब्ल्याकआउटको कारण पत्ता लगाउने प्रयास जारी छ ।

सोमबार कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘समस्या चाँडै समाधान गर्न सबै स्रोत र जनशक्तिको प्रयोग भइरहेको छ।’

समाचार संस्था रोयटर्सका अनुसार, पोर्चुगलमा पनि विद्युत् कटौतीका कारण स्थिति बिग्रिएको छ। त्यहाँ ट्राफिक बत्तीहरू बन्द भएका छन् । लिस्बन र पोर्टो सहरमा मेट्रो सेवा रोकिएको छ । रेल सेवा पनि स्थगित गरिएको छ।

त्यसैगरी, स्पेनमा आयोजना भइरहेको म्याड्रिड ओपन टेनिस प्रतियोगिता पनि विद्युत् कटौतीका कारण रोकिएको छ।

पोर्चुगलको एयरलाइन्स ट्याप एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : १७ बजे

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष