ज्ञानेन्द्र शाहीले भने- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ « Khabarhub

ज्ञानेन्द्र शाहीले भने- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार (भोलि) आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ ।’

उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे । उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरे ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : १४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी