भिजिट भिसाबारे गृहमन्त्रीकाे स्पष्टीकरण (लाइभ) | Khabarhub Khabarhub

भिजिट भिसाबारे गृहमन्त्रीकाे स्पष्टीकरण (लाइभ)

म माथिको आक्रमण राजनीतिक आक्रमण हो : गृहमन्त्री लेखक


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको बताएका छन् । भिजिट भिसामा जोडिएको विषयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भिजिट भिसा प्रकरणमा कुनै सहभागिता नरहेको बताएका हुन् ।

‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछकालागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएको हुँ’, उनले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।’

उनले आफूले विषय राख्नका लागि समय माग गरेको नपाएको कारणले आफूले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेको बताए । साथै, उनले आफ्नो जीवन पारदर्शी भएको समेत बताए । 

‘मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक जीवन नै हो, म जनताका माझमा छु’, उनले भने । 

मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।

उनले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्ने समेत बताए । ‘अख्तियार दुरुपयोगबाट हुने कुनै पनि छानबिनलाई म खुल्ला रूपले सहयोग गर्छु’, उनले भने ।

विपक्षी दलले राजीनामा माग्दै संसद् अवरूद्ध पारे पछि बुधबार गृहमन्त्री लेखकले संसदबाटै जवाफ दिन खोजेका थिए । तर संसदमा बोल्न असम्भव भएपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

यो पनि :

संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : १५ बजे

माओवादी केन्द्रीय समिति बैठक बस्दै, विभिन्न पार्टीसँगको एकता सहमति अनुमोदन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी