चलचित्र ‘महाभोज’ मा देखाइयो सहकारी पीडितका कथा « Khabarhub

चलचित्र ‘महाभोज’ मा देखाइयो सहकारी पीडितका कथा


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’मा सहकारी पीडितलाई देखाइएको छ । सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष प्रदर्शनीपछि सहकारी पीडितहरूले कथामा आफैलाई पाएको प्रतिक्रिया दिएका छन् ।

पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वास्तविकता हेरेझैँ लागेको बताइन् ।

उनले भनिन्, ‘चलचित्र हेरिरहँदा वास्तविकता हेरेझैँ लाग्यो । म आफैँ पनि एक सहकारीबाट पीडित भएका कारण आवाज उठाउने, अनसन बस्ने गरेकी थिएँ । यो चलचित्रले हामीजस्ता पीडितको आवाजलाई उजागर गरेको आभास भएको छ । मैले चलचित्र हेरिरहँदा देखाइएको पात्र र कथामा आफूलाई महसुस गरेँ ।’

अभिनेत्री सिंहझैँ अभिनेता तथा निर्देशक निश्चल बस्नेतले समसामयिक विषयलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिएकाले दर्शकले ‘महाभोज’ हेर्दा मनोरञ्जन पनि पाउने बताए ।

‘चलचित्रमा उठाइएको विषयवस्तुलाई न्यायपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । चलचित्र समसामयिक र गहन विषयमा भए पनि यो उत्तिकै रोचक छ । यसले आम दर्शकलाई कौतुहलता पैदा गराउँदै मनोरञ्जन दिन्छ भन्नेमा विश्वस्त छु’, निर्देशक बस्नेतले भने ।

सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनका क्रममा भोग्नुपरेको कठिनाइलाई चलचित्र ‘महाभोज’ मा प्रस्तुत गरिएको निर्देशक दिनेश राउतले बताए ।

‘सहकारीमा भएको रकम अपचलन र त्यसले समाजमा परिरहेको प्रभावलाई बुझ्दै गएपछि यो विषयलाई चलचित्रमा उठान गर्नुपर्छ भन्ने लाग्यो र चलचित्र तयार गरेको छु । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । हामी चलचित्रकर्मीको यो दायित्व पनि हो, किनकि हामीले बेतिथिलाई कलाका माध्यमले उजागर गर्नुपर्छ’, उनले भने ।

चलचित्रमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उनले बताए । निर्देशक राउतका अनुसार उक्त प्रदर्शनीमा सहकारी पीडित ६० व्यक्तिले चलचित्र हेरेका थिए ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन्  । –रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ५३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी