स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भने ।

उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एक दिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।
‘अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरू त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरूले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।’
प्रधानमन्त्रीद्वारा धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
‘काठमाडौं कब्जा गर्ने’ बोली एमालेको हो : शंकर पोख्रेल
गभर्नर नियुक्ति विरुद्धको रिटमा कारण देखाऊ आदेश
सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने
राष्ट्रपतिसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट
प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।
सुचना टाँस गरेर अपराह्न साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
महेश बर्तौलाको तर्क- प्रतिपक्षीहरूले गृहमन्त्रीलाई बोल्न नदिएर असंसदीय चरित्र देखाए
संसद्भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)
गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिमबारे बैठक, यो वर्ष २० लाख मानिस बाढी-पहिरोबाट प्रभावित हुने
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद पराजुली
प्रतिपक्षको निर्णय : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, बजेट भने नरोक्ने
प्रतिनिधिसभा बैठक फेरि आधा घण्टाका लागि स्थगित
गृहमन्त्री लेखकको तर्क : तीन वर्षमा तीन मन्त्रीविरुद्ध उजुरी पर्यो, राजीनामा आयो ?
भिजिट भिसामार्फत मानवतस्करी गरी आर्थिक सङ्कलन गरेको आरोप खेपेका काङ्ग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले पछिल्ला तीन वर्षमा तीन गृहमन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, तर राजीनामा नआएको तर्क गरेका छन् ।

प्रतिपक्षीले राजीनामा माग गर्दै संसद्मा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरेका गृहमन्त्री लेखकले आयोगमा पछिल्ला तीन वर्षमा परेका उजुरीको फेहरिस्त प्रस्तुत गर्दै आफ्नो बचाउ गरेका हुन् ।
‘मानौँ कि अख्तियारले पहिलोपटक कुनै राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ र त्यसको जिम्मा सीधै मन्त्रीले लिनुपर्छ भन्ने ढङ्गले पनि विषयहरू उठिरहेको हुनाले म के निवेदन गर्न चाहन्छु भने आयोगको काम कारबाही निरन्तर रूपले राष्ट्रसेवक कर्मचारीका माथि अथवा राजनीतिक व्यक्तिहरूका माथि, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका माथि पनि निरन्तर रूपले छानबिन अनुसन्धानहरू हुने गरेको छ’, लेखकले भने ।
विपक्षीलाई गृहमन्त्रीको प्रश्न- मेरा विरुद्ध उजुरी छ ?
कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
सङ्घीय संसद्ले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि (बिहीबार) दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक अनुमान पेश गर्ने दैनिक कार्यसूची निर्धारण गरेका हुन् ।
कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’
जसले जीवनसँग जोडिएको बजेट पर्खिरहेछन्…
राष्ट्रिय आयोजना बैङ्कमा १३ सय २७ आयोजना, लागत नौ खर्ब २० अर्ब
कांग्रेस नेता आलमलाई सफाइ दिएको उच्चले उनकै भाइको जन्मकैद यथावत राख्यो
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले इँटाभट्टमा जिउँदै मान्छे पोलेर ज्यान लिने मुख्य योजनाकार नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई बुधबार सफाइ दिएको छ ।

जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएपछि आलम छुट्ने निश्चित भएको हो ।
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी जेलमा थिए । तर जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका उनलाई विपक्षी राहत दिँदै रिहा हुने बाटो खोलिएको हो । अदालतले त्यही प्रकरणमा आलमको नाम नजोडिएको अर्को मुद्दामा भने जिल्लाकै आदेश सदर गर्दै उनका भाइसहित तीनजनाको सजाय यथावत राखेको छ ।
उच्चबाट सफाइ पाएका कांग्रेस नेता आलम नख्खुबाट केहीबेरमा रिहा हुँदै
कांग्रेस नेता आलमलाई ज्यान मुद्दामा उच्च अदालतबाट सफाइ
काठमाडौंका नगरसभा सदस्यहरूले बालेनलाई भने- सधैँ भागेर चल्दैन, बजेट ल्याउने बेला भइसक्यो
काठमाडौं महानगरपालिकाका नगरसभा सदस्यहरूको बुधबार अनौपचारिक बैठक बसेको छ ।
यो बैठकले मेयर बालेन्द्र साहलाई जतिसक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ ।

केही दिनअघि कार्यपालिका ४२ मध्ये ४१ जना सदस्यको अनौपचारिक बैठकले छिटोभन्दा छिटो कार्यपालिका बैठक बोलाउन मेयर साहलाई दबाब दिएको थियो ।
बुधबारको छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनका अनुसार यो बैठकले बजेट आउने बेलासमेत कार्यपालिका बैठक नबसेकाले तत्काल बोलाउन माग गरेको छ।
फोहोरलाई मोहोर बनाउँदै काठमाडौं महानगर, वार्षिक ६ करोड ८ लाख रुपैयाँमा आय
सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान
एमालेले विपद् व्यवस्थापनमा पार्टी पङ्क्तिलाई सक्रिय गराउने
भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध (तस्बिरहरू)
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेशनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।
रेविकालाई न्याय माग्दै प्रदर्शन, पक्राउ परे आठजना विद्यार्थी (तस्बिरहरू)
डोनाल्ड ट्रम्पको क्रोधको केन्द्रबिन्दु हार्वर्ड विश्वविद्यालय
गत हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न वा विदेशी अनुसन्धानकर्ताहरूलाई स्वागत गर्न प्रतिबन्ध लगाएको थियो ।
हाल, एक संघीय न्यायाधीशले यो नीतिलाई रोक लगाएका छन् । बोस्टनमा दायर गरिएको मुद्दामा विश्वविद्यालयले प्रशासनको कार्यलाई कानूनको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ। ट्रम्प प्रशासनका अनुसार हार्वर्ड विश्वविद्यालय ‘कानूनको पालना गर्न असफल भएको छ ।’

यदि हार्वर्ड विरुद्ध ट्रम्पको कदम स्वीकृत भयो भने यो विश्वविद्यालयको लागि विनाशकारी धक्का हुन सक्छ किनभने त्यहाँका एक चौथाईभन्दा बढी विद्यार्थीहरू विदेशी छन् ।
हार्वर्डमा लगभग ६,८०० विदेशी विद्यार्थीहरू छन् । यहाँका २७ प्रतिशत विद्यार्थीहरू विदेशबाट आएका छन् । यी विदेशी विद्यार्थीहरू विश्वविद्यालयको लागि आम्दानीको एक महत्वपूर्ण स्रोत हुन् । यो संख्याको एक तिहाइ विद्यार्थी चीनका छन् ।
गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु
एलोन मस्कले लिँदैछन् अमेरिकी सरकारबाट संलग्नता फिर्ता, यस्तो छ कारण
रुसी विदेशमन्त्रीले भने– जर्मन सेना निर्माण योजना ‘धेरै चिन्ताजनक‘
‘ईयु जलवायु लक्ष्यहरू पूरा गर्ने बाटोमा’
युक्रेनबाट एकैदिन मस्को लक्षित २९६ ड्रोन आक्रमण
पछिल्लो कठिन परीक्षणमा स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट
गाजाको टिठ लाग्दो दृश्य : राहत लिन जाँदा मृत्यु
५० वर्षमा पहिलो पटक क्यानडाको संसद्मा बेलायती राजाको सम्बोधन
प्रतिक्रिया