भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू)  « Khabarhub

भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू) 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आइतबार (भोलि) मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भक्तपुरको जुजु धौको माग बढेको छ । अहिले भक्तपुरका जुजु धौ व्यवसायीलाई धौ बनाउन व्यस्त देखिएका छन् । दूध उमाल्न र जुजु धौ बनाउन मै उनीहरूको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ ।

भक्तपुरको एसएस जुजु धौकी सञ्चालिका रिना सुवाल र उनको उद्योगमा कार्यरत अन्य ५ जना जुजु धौ बनाउन मै व्यस्त छन् ।

‘मानिसहरूमा जुजु धौको स्वादले पारेको प्रभावका कारण नै डिमान्ड बढेको छ । अहिले हामीले दिनको २० देखि २५ क्यान दूधबाट जुजु धौ बनाउँछौं । अरु बेला १५ क्यान दूध प्रयोग हुने गर्थ्यो । एक क्यानमा ४० लिटर दूध हुन्छ । त्यसलाई हामी परिक्षण गरेर फ्याट कति छ भन्ने यकिन गरेर ८५ डिग्रीमा उमालेर अनि फेरी डेक्चीमा एक घण्टा पकाएपछि मात्रै सेलाउन हाल्छौँ,’ सुवालले भनिन् ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०५ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको