विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमा कर्मचारीको धर्ना « Khabarhub

विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमा कर्मचारीको धर्ना


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूले मासिक तलबको माग गर्दै सोमबार कार्यालयमा धर्ना बसेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेशको अगुवाइमा भएको धर्नामा उनीहरूले आफूहरूलाई मासिक तलबमा रूपान्तरण गर्न माग गरेका छन् । 

संघर्ष समितिका कोशी प्रदेश अध्यक्ष विनोद गनगाईका अनुसार धर्ना दुई दिनसम्म जारी रहनेछ । उनले आन्दोलन पूरा नहुन्जेल थप संघर्षका कार्यक्रम निरन्तर चल्ने जानकारी दिए । 

२०७८ साउन ३१ गतेको प्राधिकरण सञ्चालक समितिको ९४९औँ बैठकले सबै दैनिक ज्यालादारी श्रमिकलाई मासिक तलबमा रूपान्तरण गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नहुँदा श्रमिकहरू आन्दोलित बनेका हुन् । 

अहिले श्रमिकहरूले दैनिक ७३५ रुपैयाँका दरले तलब पाउँदै आएका छन् । तर संघर्ष समितिले उनीहरूलाई न्यूनतम २५,७५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग अघि सारेको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : ५६ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ