अब पोखराबाट सिधा अस्ट्रेलिया उडान « Khabarhub

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए।

आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। “सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ। औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने।

यो उडान भएमा अस्ट्रेलिया आवत-जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। २०८० साल असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो। असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो।

पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ।

यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई/तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए। उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चारका दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ।

भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो। “चार्टर्ड उडान दिगो भएमा काठमाडौंजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ। सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ-पारो-काठमाडौँ उडान गर्नेछ। उडान नियमित भएको खण्डमा पारो-पोखरा-दिल्ली र दिल्ली-पोखरा-पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भने। भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ।

हाल हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो। पोखरा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो। विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ। रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ५६ बजे

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको

गर्मीमा सीजीको ‘मास्टरस्ट्रोक’ : ‘फ्रस्टलाइन’ कुलर लाइनअप सार्वजनिक

काठमाडौं– सिजीले गर्मीलाई लक्षित गरी ‘फ्रस्टलाइन’ बजारमा ल्याएको छ । कम्पनीले नयाँ

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि

नवलपरासीमा आगलागी : बाह्र घर जले, चार  करोड बढीको क्षति

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न