डडेल्धुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते « Khabarhub

डडेल्धुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ चामाचौडबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा नवदुर्गा– ५ काकलावती साउद, सुरेश साउद, तारा अवस्थी र सुरेश पार्कीको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् ।

घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीया सुशीला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ०६ बजे

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले