आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर | Khabarhub Khabarhub

आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।

शनिबार चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् । त्यस्तै प्रमुख सचेतकसँग छलफलका क्रममा संसद्को आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

जस अनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिए ।

चिनियाँ सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

प्रधानमन्त्री ओलीले भने- पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँ

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

भीम रावलको टिप्पणी : सत्ता र शक्तिका लागि केपी ओली आफ्नै मित्रमाथि छुरी चलाउँछन्

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन महासङ्घको आग्रह

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन

प्रचण्ड विराटनगर पुग्दा बुटवलमा एकसाथ देखिए जनार्दन र विप्लव
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शक्ति संघर्ष चर्काइरहेका उपमहासचिव जनार्दन शर्मा प्रभाव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच निकटता बढ्दै गएको छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने भन्दै जनार्दन र विप्लवले पटक पटक एक्ला एक्लै छलफल पनि गरिसकेका छन् ।

एक्ला एक्लै छलफलमा जुटेका जनार्दन र विप्लवसँग नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसमेत जोडिएका छन् ।

गत साउन ६ गते पुष्पलाल जयन्तीका अवसरमा स्कुल अफ मार्क्सिज्मले आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक बहसमा विप्लव, जनार्दन र भुसाल पहिलो पटक एकैठाउँ देखिए । त्यसयता उनीहरू निरन्तर मञ्च शेयर गरिरहेका छन् । साउन ६ को कार्यक्रममा एकै खालको विचार राखेका यी नेताहरूले वैकल्पिक कम्युनिस्ट शक्तिको बहस चर्काउँदै लगेका छन् ।

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन

छलफलबाट सरकारले उखु किसानका माग सम्बोधन गर्नुपर्छ : गगन थापा

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

राष्ट्रपति पौडेल सङ्खुवासभामा

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँ : मन्त्री भण्डारी

बेथिति अन्त्य गर्दै सुशासनसहितको पारदर्शी सेवा प्रवाह गर्नुपर्छ : राष्ट्रपति

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

कार्यालयमा धर्ना दिँदै शिक्षक महासंघले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र
नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण बुझाएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थीत एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयन प्रति एमाले प्रतिबद्ध रहेको उल्लेख गरे ।

पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन दिए ।

किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउनुपर्‍यो : डिला संग्रौला

युवाको उमेर अब १८-३५ वर्ष कायम हुने

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

झरीमा रुझ्दै महानगरको कार्यालय पुगे कवाड व्यवसायी (तस्बिरहरू)

गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

बेनीमा रातो च्याउको माग धान्न मुस्किल, उपभोक्ताले गर्छन खोसाखोस

ऋषिपञ्चमीमा ऋषिको पूजाआराधना गर्दै श्रद्धालु महिला
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाएका छन् ।

महिलाहरूले आज बिहान सबेरै उठी स्नान गरेर मङ्गलबारको हरितालिका व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

आज पशुपतिस्थित गुहेश्वरी गौरीघाट र टेकुस्थित ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुहरूको भीड लागेको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षाको पर्वाह नगरी महिलाहरू पूजाआजामा व्यस्त छन् ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोको जोखिममा

मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने
जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी शिगेरु इसिबाबीच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताएका छन् ।

उनले भने, ‘क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्तावहरू अघि सारेको छ । भारत र जापानजस्ता दुई प्रमुख नेताहरू भेट्दा उहाँहरूले भू–राजनीतिक र भू–आर्थिक विषयहरूमा व्यापक छलफल गर्नुहुनेछ्, जसमा क्वाडको मुद्दा अवश्यै उठ्नेछ ।’

अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको प्रश्नमा जर्जले भारत र जापान दुवै क्वाड सदस्य भएकाले वर्तमान भू–राजनीतिक तथा भू–आर्थिक अवस्थाबारे छलफल हुने स्पष्ट पारे । उनले भने, ‘यी सबै विषयहरू वार्तामा उठ्नेछन् र भारतले अमेरिकासँगको सम्बन्धमा चुनौती भए पनि क्वाडलाई निरन्तर अगाडि बढाउनेछ ।’

तलबभत्ता लिने सांसदविरुद्ध इन्डोनेशियामा प्रदर्शन

रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

नेपालको सीमाबाट तीन पाकिस्तानी आतङ्ककारी बिहार प्रवेश गरेको भारतीय सञ्चार माध्यमको दाबी

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्यु, १७ जना घाइते

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै


























प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : १८ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।