राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर « Khabarhub

राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय भोगिरहेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजले थुनामै रहनुपर्ने भएको छ । उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले बिहीबार सदर गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएपछि अहिराजको जेल बसाइ लम्बिने भएको हो ।

गत साउन १४ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

राजेश अहिराज अहिले डिल्लीबजार कारागारमा छन् । घरमै काममा सघाउन राखिएकी युवतीलाई बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । लामो समय भारतमा लुकेर बसेका उनी गत साउनमा काठमाडौँ आएपछि समातिएका थिए ।

पठनपाठनको जिम्मा लिएका अहिराजले घरमै राखिएकी युवतीलाई बलात्कार गरेपछि उजुरी परेको थियो।

काठमाडौँको थापागाउँस्थित घरमा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २१ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा