देबार खोलामा बालिकाको शव फेला « Khabarhub

देबार खोलामा बालिकाको शव फेला


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खोलाले बगाएर ल्याएको अनुमान गरिएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ करिब ५ बजे भेटिएको हो।

शव फेला परेपछि इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रामेश्वर त्वातीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

हाल प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ। मृतक बालिकाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : २९ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा