बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या सातमा झार्ने तयारी « Khabarhub

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या सातमा झार्ने तयारी


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र बुझाएको थियो ।

प्रमुख प्रतिपक्ष दलको ज्ञापनपत्र पश्चात केही दिनअघि बसेको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलको संयुक्त बैठकमा प्रदेश सरकारको मन्त्रालय घटाउने विषयमा सहमति भएपछि सरकार मन्त्रालयको सङ्ख्या घटाउने गृहकार्यमा जुटेको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयको सङ्ख्या कति घटाउने ? कुनकुन मन्त्रालय राख्ने ? कुनकुन मन्त्रालय समायोजन गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्नेलगायतका विषयमा समितिले अध्ययन गरिरहेको बताए ।

खर्च कटौती र सुशासन प्रदेश सरकारको प्रमुख प्राथमिकता भएकाले मन्त्रालय र संरचनाको विषयमा दलहरूसँग छलफल गरेर साझा धारणा निर्माण गरी यसलाई तार्किक निष्कर्षमा पुर्याउने मुख्यमन्त्री बानियाँले बताए । 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : ५३ बजे

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै

स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै

काठमाडौं– सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न