हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि « Khabarhub

हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले आफ्नो फिल्मको हिरालाई मेकरहरुले मनलाग्दी ट्याग दिने प्रचलन छ । नायकहरु अनमोल केसी, प्रदीप खड्का, सुशील श्रेष्ठ र समीर भट्ट यसको शिकार बनेका छन् ।

फिल्मको टिजर–टेलरमा उनीहरुको नामको अगाडि विभिन्न ट्याग झुण्डाएर दर्शकसँग परिचित गराइन्छ । ती नायकहरु आफूलाई ट्यागको कुनै लोभ नभएको स्पष्टीकरण दिन्छन् ।

मेकरहरु आफ्नो जिद्दीलै ट्याग प्रदान गरेको स्वीकार पनि गर्छन् । किन उनीहरु आफ्नो हिरोलाई यस्तो ट्याग दिन हौसिन्छन् ? यसको स्पष्ट जवाफ नै उनीहरुसँग छैन ।

यस्ता ट्याग त बहुसंख्य दर्शकले स्वतस्फूर्त दिए पछि मात्रै ओजनदार हुन्छ । महानायक राजेश हमाल कि भुवन केसी भन्ने विवादले नै यो पुष्टि गरेको छ ।

भुवन निकट व्यक्ति र उनी आफैँको ‘महानायक’ दाबीले विवादको उग्ररुप लिएको धेरै भएको छैन ।

समीरलाई दोस्रो फिल्म ‘बलिदान’मा नै ‘एक्सन किङ’को ट्याग दिइयो । जुन ट्याग नायक निखिल उप्रेतीलाई सम्बोधन गर्ने प्रयोग गरिन्थ्यो ।

प्रदीपलाई फिल्म ‘एक्टर : टेक वान’मा सुपरस्टारको ट्याग दिन थालिएको हो । जबकि भुवन केसीलाई यो ट्यागले सम्बोधन गर्ने अभ्यास थियो ।

अनमोल आफैँलाई ‘मेघा स्टार’को ट्याग भारी भइरहेको अवस्था छ । यो ट्याग पाएपपछि उनको फिल्म लगतार फ्लप भए । त्यसबेला उक्त ट्यागले नै अनमोललाई आलोचना गर्नेको खुराक भयो ।

अब नायक सुशील श्रेष्ठलाई मेकरहरुले ‘एक्सन स्टार’को ट्याग दिन थालेका छ । गतच वर्ष प्रदर्शनमा आएको फिल्म ‘दफा ः आउट ल’बाट उनले यो ट्याग पाएका हुन् ।

उनलाई पहिलो एक्सन फिल्ममै उक्त ट्याग दिइएको हो ।

उनको दोस्रो एक्सन फिल्म ‘परिवर्तन’मा पनि यो ट्यागले निरन्तरता पाएको छ ।

सुशील आफैँले यो ट्याग राख्न लगाएका हुन् त ? उनको स्पष्ट जवाफ छ, ‘होइन ।’

फिल्म परिवर्तनको टिजर सार्वजनिक कार्यक्रममा सोमबार बानेश्वरको एक फिल्म हलमा सञ्चारकर्मीले उनलाई ट्यागबारे प्रश्न सोधेका थिए ।

उनी पनि अन्य नायक जस्तै मेकरको जिद्दीले आफूले उक्त ट्याग पाएको दाबी गर्छन् । उनी भन्छन्, ‘मैले पहिलो फिल्ममै नराख्नू भनेको थिए । यसमा पनि नराख्नू भनेकै हो । मलाई ट्यागको लोभ छैन । म कलाकार सुशील भनेर चिनिन चाहान्छु ।’

सुशीलको दाबीले प्रश्न उठ्छ- हिरोहरु आफैँ ट्याग ग्रहण गर्न तयार नहुँदा मेकहरुलाई कि उत्तेजित भएका होलान् ?

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : १५ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही