‘नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउन दुवै देशको पत्रकारिताको योगदान महत्त्वपूर्ण’ « Khabarhub

‘नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउन दुवै देशको पत्रकारिताको योगदान महत्त्वपूर्ण’


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । 

उनले भने, ‘मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सृजना गर्नु आजको आवश्यकता छ ।’

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले महोत्सवले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

सञ्चार क्षेत्रबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुनसक्ने जनाउँदै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए  ।

दुवै देशको सहअस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको सम्भावना रहेको छ भने  । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा महोत्सवका बहसले नयाँ दिशा दिने बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता आयोजित महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको सहभागिता छ । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ५० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको