सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति « Khabarhub

सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपतिले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

वीर शहीदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै शहीदको आकांक्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।

‘सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

शहीद दिवस देशका लागि प्राण आहुति दिने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झनामा हरेक वर्ष माघ १६  गते यो दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ३४ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन