थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : राष्ट्रियसभा अध्यक्ष दाहाल « Khabarhub

थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : राष्ट्रियसभा अध्यक्ष दाहाल


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

शहीद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।  यस्तै, उनले बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदहरूले देखेको सपना र लिएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरेका छन् ।

राज्यकै तहबाट शहीद दिवस मनाइरहँदा शहीदहरूको योगदानको कदर गर्दै शहीद परिवारको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै शहीदप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ ।

नेपालका प्रथम शहीद लखन थापामगरदेखि जहानिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसङ्घर्षको बलमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो ।

अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्न  दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ५९ बजे

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल