थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : राष्ट्रियसभा अध्यक्ष दाहाल « Khabarhub

थप अधिकारका लागि समर्पित हुनु नै शहीदप्रति श्रद्धाञ्जली : राष्ट्रियसभा अध्यक्ष दाहाल


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

शहीद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।  यस्तै, उनले बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदहरूले देखेको सपना र लिएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरेका छन् ।

राज्यकै तहबाट शहीद दिवस मनाइरहँदा शहीदहरूको योगदानको कदर गर्दै शहीद परिवारको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै शहीदप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ ।

नेपालका प्रथम शहीद लखन थापामगरदेखि जहानिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसङ्घर्षको बलमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो ।

अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्न  दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ५९ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको