अवैध भवन निर्माण रोकेपछि मेयर र वडाध्यक्षबीच विवाद « Khabarhub

अवैध भवन निर्माण रोकेपछि मेयर र वडाध्यक्षबीच विवाद


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मठमन्दिरको जग्गामा नक्सा पास बिना नै अवैधरुपमा भौतिक संरचना निर्माण गर्नेहरूविरुद्ध जनकपुरधाम उपमहानगरपालिका उत्रेपछि मेयर र वडा अध्यक्षबीच मनमुटाव सुरु भएको छ ।

जनकपुरधामको सिया रघुनाथ सदनको जग्गामा नक्सा पासबिनै अवैधरूपमा भूमाफियाहरुले खुलेआम गरिरहेको भवन निर्माण कार्य उपमहानगरपालिकाले रोकेपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज शाह र वडानम्बर ८ का वडाध्यक्ष दिनेश सिंहबीच मनमुटाव सुरु भएको हो । 

जग्गा रजिस्ट्रेसन आफ्नो नाममा नरहेको र नक्सा पास बिना घर निर्माणको क्रम बढेपछि अवैध रूपमा भवन निर्माण नगर्न भन्दै उपमहानगरपालिकाको नगर प्रहरीले निर्माण कार्यमा प्रयोग हुने उपकरणहरू मंगलबार उठाएर लगेको थियो ।

अब पनि भवन निर्माणको कार्य नरोके स्थानिय सरकार सञ्चालन ऐनको दफा ३९ बमोजिम अवैध संरचना भत्काउन उपमहानगरपालिका तयार रहेको प्रमुख मनोज साहले जानकारी दिए । 

मेयर साहले भने,‘म अवैध निर्माण कार्य विरुद्ध छु । कुनैपनि हालतमा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण कार्य हुनुहुँदैन । वडाध्यक्षले नै असहयोग गरिरहेका छन् ।’

मेयर साहले अवैध निर्माण कार्य रोकेपछि  उनको चौतर्फि प्रशंसा हुन थालेको छ । सिया रघुनाथ सदनका महन्थ नामदेव शरणले जग्गा कब्जा गरी बलजफती अवैध संरचना बनाइरहेका १६ जनाको विरुद्ध उपमहानगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् ।

 यता वडाध्यक्ष सिंहले आफू निर्माण कार्यको पक्षधर नरहेको तर, यसरी निर्माण कार्य रोक्नु पनि उचित नभएको बताए । 

उनले अवैध निर्माण कार्य भइरहेको ठाउँमा मेयरको समेत जग्गा रहेको आरोप लगाउँदै भने, ‘मेयरले मसँग बुझेर गर्नु पर्थ्यो,समन्वय गर्नुपर्ने थियो । तर, उनले मलाइ कुनै सोधखोज नै नगरी यसरी गरेका हुन । बिना नक्साको घर निर्माण त कुनै हालतमा हुनुहुँदैन तर ज-जसले भवन बनाइरहेका छन् उनीहरूसँग लिएको पैसा पनि फिर्ता हुनुपर्छ ।’ वडाध्यक्ष सिंहले थपे, ‘मेयरसाहेवलाइ त्यसै स्थानमा २–३ कठ्ठा जग्गा पाइसके पछि एक्सनमा आइसकेका छन् । त्यसमा धेरै ठुलठुला मान्छेहरूको जग्गा छ ।’

सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गहुँ उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तीको भाउ १९ करोड रुपैयाँ भन्दा बढी रहेको अनुमान छ । 

प्रतिधुर ५ लाख भन्दा बढी चलन चल्तीको भाउ रहे पनि भूमाफियाहरुको एक समूहले जग्गा धनीलाई थाहै नदिई झासामा पारि घर बनाउनेहरूसँग प्रतिधुर साढे एक देखि दुई लाख रुपैयाँ सम्म असुलेको छ ।

यो पनि पढ्नुहोस्-

सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक

मन्दिरको जग्गामा भूमाफियाको नजर, सिया रघुनाथ सदनमा धमाधम ठडिँदै भवन

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ०० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका