दर्ता नभएका भिटामिन तथा खनिज बिक्री गरे मन्त्रालयले कारबाही गर्ने « Khabarhub

दर्ता नभएका भिटामिन तथा खनिज बिक्री गरे मन्त्रालयले कारबाही गर्ने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा कारबाही गर्ने भएको छ । 

मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न एक विज्ञप्ति मार्फत सचेत पनि गराएको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ दफा ४५ ९२० मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखेर विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम कार्य गर्न तथा गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानून बमोजिम कारबाही गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ । नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू जस्तैः ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण तथा विज्ञापनका रूपमा प्रचारप्रसार भइरहेको भन्ने प्राप्त सूचनामा ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

अनुमति नदिएका उत्पादनको जफत र कारबाहीको काम नियमित रूपमा हुँदै आएको छ र कहीँ कतै त्यस्तो भेटिएमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा पनि गुनासो गर्न सकिने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ ।

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ३४ बजे

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको

सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा

काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार