एचपीभी खोपको सम्पूर्ण तयारी पूरा « Khabarhub

एचपीभी खोपको सम्पूर्ण तयारी पूरा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपीभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपीभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ ।

दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए ।

उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७-१० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले निर्देशनालयले थप खोप केन्द्रको तयारी गरेको सहजकर्ता भण्डारीले बताए। उनका अनुसार विद्यालय बाहिर कोशी प्रदेशमा ४५ हजार तीन सय ३४ किशोरी रहेका छन् ।

पाठेघरको मुखको क्यान्सरबाट मुक्त गराउन यो अभियान सञ्चालनमा ल्याएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए।

‘महिलामा पाठेघरको घर मुखको क्यान्सरको जोखिम अत्याधिक हुन्छ, क्यान्सर भएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न खोप अभियान सञ्चालन गरिएकाले सबैलाई खोप लगाउन अनुरोध गर्दछौँ’ उनले भने।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. राधिका थपलियाले यो खोपसँगै महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट हुनसक्ने जोखिम नियन्त्रणमा लिन सकिने धारणा राखे ।

 खोप लगाउँदा कुनै पनि नकारात्मक असर नपर्ने भएकाले उनले ढुक्कसँग लगाउन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ०६ बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु