उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छ : प्रमुख सुवेदी « Khabarhub

उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छ : प्रमुख सुवेदी


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकमा स्थायी शान्ति र समृद्धिको बाटोमा अघि बढ्नसकेमा सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छन् ।

बुधबार सहिद दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा राजनीतिक परिवर्तन लोकतन्त्र स्थापनाका लागि ठूला–ठूला आन्दोलन भएका र यस क्रममा धेरै नेपाली नागरिकले बलिदानी दिएको उल्लेख गरेकी छन् । 

यसरी प्राप्त उपलब्धि बचाएर देशलाई समृद्धिको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता भएको उनले सन्देशमा उल्लेख गरेकी छन् । 

देशमा सहिदको सम्मानार्थ सहिद दिवसमार्फत स्मरण गर्दै गर्दा उनीहरूले देखाएको बाटो भुल्न नहुनेमा उनले जोड दिएकी छन् । प्रमुख भण्डारीले लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अब मुलुकमा स्थायी शान्ति कायम राखी विकास र समृद्धिलाई मेरुदण्ड बनाएर विकसित मुलुकको मापदण्डमा पुग्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरेकी छन्।

प्रदेश प्रमुख भण्डारीले विभिन्न चरणका आन्दोलनमा आफ्नो बलिदानी दिने ज्ञात–अज्ञात सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : १५ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन