उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छ : प्रमुख सुवेदी « Khabarhub

उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छ : प्रमुख सुवेदी


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकमा स्थायी शान्ति र समृद्धिको बाटोमा अघि बढ्नसकेमा सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छन् ।

बुधबार सहिद दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा राजनीतिक परिवर्तन लोकतन्त्र स्थापनाका लागि ठूला–ठूला आन्दोलन भएका र यस क्रममा धेरै नेपाली नागरिकले बलिदानी दिएको उल्लेख गरेकी छन् । 

यसरी प्राप्त उपलब्धि बचाएर देशलाई समृद्धिको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता भएको उनले सन्देशमा उल्लेख गरेकी छन् । 

देशमा सहिदको सम्मानार्थ सहिद दिवसमार्फत स्मरण गर्दै गर्दा उनीहरूले देखाएको बाटो भुल्न नहुनेमा उनले जोड दिएकी छन् । प्रमुख भण्डारीले लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अब मुलुकमा स्थायी शान्ति कायम राखी विकास र समृद्धिलाई मेरुदण्ड बनाएर विकसित मुलुकको मापदण्डमा पुग्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरेकी छन्।

प्रदेश प्रमुख भण्डारीले विभिन्न चरणका आन्दोलनमा आफ्नो बलिदानी दिने ज्ञात–अज्ञात सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार