नेपाल स्टार्टअप सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी  « Khabarhub

नेपाल स्टार्टअप सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी 


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा विदेशी कूटनीतिज्ञहरू पनि सहभागी भएका छन् । 

सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो । 

सम्मेलनमा सहभागीले नेपालको ठूलो दल नेपाली कांग्रेसले स्टार्टअप प्रवद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् । त्यसैगरी उनीहरुले पार्टी कार्यालय सानेपामा राखिएका विभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै हस्तकला अनुपम भएको भन्दै प्रशंसा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरु प्रदर्शन गरिएका छन् । सम्मेलन बिहीबार बेलुका समापन हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ४ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार