अध्यादेवविरुद्ध रास्वपाले अस्वीकारको सूचना प्रस्ताव गर्ने, रवि प्रकरण पनि संसद्‍मा चर्काउने « Khabarhub

अध्यादेवविरुद्ध रास्वपाले अस्वीकारको सूचना प्रस्ताव गर्ने, रवि प्रकरण पनि संसद्‍मा चर्काउने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले ल्याएका ६ वटा अध्यादेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेर सांसद पद निलम्बन गरिएको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए ।

त्यस्तै बैठकले पार्टी सभापतिविरुद्धको राजनीतिक प्रतिशोषको विषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका विषय, असन्तुलित परराष्ट्र नीतिबारे पनि सशक्त आवाज उठाउने निर्णय गरेको परियारले बताए।

उनले सरकार गठनका समयमा भएको सात बुँदे सहझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी-मुकुम्लुङ केबलकारबारेको विवादका क्रममा भएको झडपको निन्दा गर्दै पीडितहरूलाई न्याय दिन माग गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार