सामाजिक सञ्जाल नियमन विधेयकले कसैको स्वतन्त्रता खोस्दैन : प्रदीप ज्ञवाली « Khabarhub

सामाजिक सञ्जाल नियमन विधेयकले कसैको स्वतन्त्रता खोस्दैन : प्रदीप ज्ञवाली


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताएका छन् ।

प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरि सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताएका हुन् ।

ज्ञवालीले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट जोगाउने जिकिर गरेका छन् ।

त्यस्तै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको बताउँदै अहिले पनि निरन्तर काम भएको जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाबारे संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको उल्लेख गरेका छन् ।

नेता ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको बताउँदै केही निराशा चिर्नेगरी सरकारले काम गरेको जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : २१ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार