जनमोर्चाले चैत २४ मा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने « Khabarhub

जनमोर्चाले चैत २४ मा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ बाट काठमाडौंमा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ । जनमोर्चाले चैत २४ बाट ३० गतेसम्म काठमाडौंमा संघीयताविरुद्ध एक साता लामो आन्दोलन गर्ने भएको हो । 

जनमोर्चा काठमाडौंको आयोजनमा बुधबार आयोजित अन्तर्क्रियामा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको अवधारणा पत्रमा संघीयताविरूद्धको आन्दोलनका बारेमा उल्लेख गरिएको छ । 

‘यो बताउँदा हामीलाई धेरै खुशी लागेको छ कि राष्ट्रिय जनमोर्चाले यही २०८१ सालको चैत्र २४ गतेदेखि ३० गतेसम्म संघीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको आयोजना गर्दैछ,’ अवधारण पत्रमा भनिएको छ, ‘चैत २४ गते एउटा महान् जनआन्दोलन दिवस हो र त्यसले नेपालमा ३० वर्षदेखि कायम भएको निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त पारेको थियो ।’ 

अध्यक्ष केसीले संघीयताविरोधी आन्दोलनले सङ्घीयतालाई खारेज गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

 ‘हामीलाई विश्वास छ, त्यही ऐतिहासिक दिनबाट सुरु हुने संघीयताविरोधी आन्दोलनले पनि विभिन्न साम्राज्यवादी शक्तिहरूको दबाबमा नेपालमा कायम गरिएको तथा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र विकास समेतका विरुद्ध कायम भएको सङ्घीयतालाई खारेज गर्न महत्त्वपूर्ण योगदान दिने छ ।’

संघीयताविरुद्धको आन्दोलन कुनै दल विशेषको कार्यक्रमभन्दा पनि देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएकोमा जोड दिँदै केसीले आन्दोलन सफल बनाउन आम नागरिकसँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार