कुपोषण कमीमा सहकार्यका लागि अमेरिकी परोपकारी संस्थालाई स्वास्थ्यमन्त्रीको प्रस्ताव | Khabarhub Khabarhub

कुपोषण कमीमा सहकार्यका लागि अमेरिकी परोपकारी संस्थालाई स्वास्थ्यमन्त्रीको प्रस्ताव


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लाग प्रस्ताव गरेका छन् ।

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहेका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै यस्तो आग्रह गरेका हुन् ।

नेपालमा अहिले गर्भवती महिलाहरूलाई आइरन चक्की दिइन्छ ।  तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । गर्भवती महिला तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ ।

यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ ।

‘आर्थिक अभावमा मातृ शिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले श्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौं ।’

केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए । 

उनले भने, ‘नेपालको मातृ शिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ । ‘ 

नेपाली उद्योगलाई समेत पोषक तत्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा समेत सकारात्मक प्रतिक्रिया संस्थाले दिएको छ । नेपालमा कुपोषणका कारण हुने मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलालाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डांक्टर लालले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १ : ४९ बजे

राष्ट्रिय महत्वका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौँ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज

विराटनगर- सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका

अमेरिकामा नयाँ ‘भिसा पाइलट प्रोजेक्ट लन्च’ पर्यटक र व्यवसायीले १५ हजार डलरसम्म जम्मा गर्नुपर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी भिजा नियमप्रति लगातार