गण्डकीका मुख्यमन्त्रीबाट कांग्रेससँग नीति तथा कार्यक्रमका लागि सुझाव माग « Khabarhub

गण्डकीका मुख्यमन्त्रीबाट कांग्रेससँग नीति तथा कार्यक्रमका लागि सुझाव माग


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि पार्टीसँग सुझाव मागेका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको सोमबार बसेको बैठकमा उनले सुझाव मागेका हुन् । उनले भने, ‘यो नीति तथा कार्यक्रम तय गर्ने समय हो, सार्वजनिक हित र सेवामूलक घोषणाका लागि साथीहरूको सुझाव आवश्यक छ, नागरिकको मन जित्ने र सङ्गठन बलियो बनाउने कार्यमा लाग्नु पर्छ ।’

पार्टीको केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधि र पार्टीका साथीहरूबीच समय–समयमा छलफल भइरहनुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिले हालसम्म गरेका कार्यमाथि प्रकाश पार्दै जिम्मेवारीमा रहेका सबैले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न आग्रह गरे ।

उनले नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय स्थायित्वका लागि नयाँ भवन निर्माण भइरहेको जानकारी पनि दिए ।

उनले पार्टी र सरकार बीचको सम्बन्ध राम्रो र बलियो हुनुपर्ने बताए । उनले भने, ‘प्रजातन्त्रमा सबैको जित हुन्छ, हाम्रो विरासत राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता नै हो।’

बैठकमा उपसभापति मेखलाल श्रेष्ठले यो वा त्यो गुट, उपगुट नभनी सबै कांग्रेस बन्न सक्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीको विधान अनुसार महिला, दलित र पर्यटन गरी ३ वटा विभाग थप गर्ने, प्रदेश भित्र रहेका महिला, तरुण दल तथा नेविसंघको विवादलाई चाँडै नै समाधान गरी अधिवेशन गराउनको लागि केन्द्रीय कार्यसमितिसँग माग गर्ने निर्णय भएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए ।

त्यसैगरी क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरण कार्यालय प्रभावकारी रुपमा सम्पन्न गर्ने, देशमा चलिरहेको शिक्षक आन्दोलनलाई तुरुन्त वार्ताद्वारा समाधान गरी सिघ्र रुपमा शिक्षा ऐन ल्याउन सरकारसँग जोडदार माग गर्ने निर्णय भएको प्रवक्ता बास्तोलाले बताए । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ५६ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले