नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने  « Khabarhub

नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको जनाएको छ । 

यही वैशाख २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा जीआई ल्याप्रोस्कोपी तथा लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा. प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा सुनील श्रेष्ठले सेवा दिनेछन् । 

बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने ओपीडीमा निःशुल्क परामर्शका साथै स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । 

निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्नसमेत अस्पतालले आग्रह गरेको छ । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि विभिन्न रोगको निःशुल्क ओपीडी सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ५३ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स