सरकारले शिक्षकका जायज माग तत्काल पुरा गर्नुपर्छ : सुशीला थिङ « Khabarhub

सरकारले शिक्षकका जायज माग तत्काल पुरा गर्नुपर्छ : सुशीला थिङ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पुरा गर्नुपर्ने बताएकी छन्  । 

मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा गर्नुपर्ने बताएकी हुन् । 

उनले आन्दोलनका क्रममा शिक्षकहरूमाथि भएको दमन निन्दनीय रहेको भन्दै सरकारले राम्रो काम नगरेको उल्लेख गरिन्  । लामो समयदेखि शिक्षकहरूले आन्दोलन जारी राख्नुको कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा उनले जोड दिइन् ।  

थिङले शिक्षकहरूले पनि स्पष्ट रूपमा आफ्नो मागका बारेमा सरकारलाई जानकारी गराउँदै विद्यालय फर्कने वातावरण बनाउन आग्रह गरिन् । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : २२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार