गगन थापा विरुद्धको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो « Khabarhub

गगन थापा विरुद्धको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना सबन्धी मुद्दामा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकाएका हुन् ।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदनका आधारमा आजका लागि पेशी तोकिएको थियो । गत आइतबार सर्वोच्च प्रशासनले महामन्त्री थापाविरूद्धको मुद्दा दर्ता गरेको हो।

गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,’ उनले गत बैशाख ११ गते दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता लुइटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २० बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम