वित्तीय सुशासन जोखिम मूल्यांकन : कास्कीको रुपा प्रथम  | Khabarhub Khabarhub

वित्तीय सुशासन जोखिम मूल्यांकन : कास्कीको रुपा प्रथम 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।

जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्वजनिक गरेको नतिजा अनुसार कूल सय अंकभारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत, अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्वजनिक गरेलगत्तै कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे ।

प्रमुख पौडेलले ४० प्रतिशतभन्दा तल उच्च जोखिम ,४०प्रतिशत बाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी वर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । 

वित्तीय सुशासनको विषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गरे । 

उन्नत खालको सुशासन उत्कृष्ट वित्तीय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो ।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ३५ बजे

कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ

अब सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दिगो ऊर्जा

स्थानीय तहका समस्या समाधानमा सहजीकरण गरिने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम

मष्तिष्कलाई स्वस्थ राख्न के खाने ?

काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ