बराहतालमा माछाका भुरा छोडियो « Khabarhub

बराहतालमा माछाका भुरा छोडियो


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–४ मा रहेको बराहतालमा माछाका भुरा छाडिएको छ । ताललाई प्राकृतिक सौन्दर्यमा फर्काउनका लागि माछाका भुरा छाडिएका हुन् । 

सुर्खेतको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको बराहतालमा ६० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिएको ३० हजार माछाका भुरा सोमबार तालमा छाडिएको बराहताल गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष बिर्खबहादुर सिजापतिले जानकारी दिए ।

‘हिजो सोमबार दिन ३० हजार माछाका भुरा हालिएका छन्,’ उनले भने, ‘भोली बुधबारका दिन थप ३० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिनेछ ।’ 

प्राकृतिक ताल लतैयाहरु रहेको प्राकृतिक सौन्दर्यका रूपमा रहेका माछा हराउँदै गएका कारणले ग्रासकार्स जातका माछा राखिएको वडाध्यक्ष सिजापति बताए । 

‘तालमा आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘ताल करिब १६ बिघा क्षेत्रफलमा फैलिएको छ । भेरी नदीको करिब एक सय ५० मिटर उचाइमा रहेको तालमा विभिन्न समयमा अनौठा प्रजातिका चराहरू देख्न सकिन्छ ।’

पर्यटकीय हिसाब निकै मनोरम रहेको तालमा संरक्षण तथा प्रवर्द्धन गर्नका लागि वडाले अहिले काम गरिरहेको वडाध्यक्ष सिजापतिको भनाई रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ४३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित