जिफन्टको ‘रिपोर्ट’ : २९ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् « Khabarhub

जिफन्टको ‘रिपोर्ट’ : २९ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको संख्या करिब ७ प्रतिशतले बढेको छ । 

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको २०८१ सालको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । 

अघिल्लो बर्षको प्रतिवेदनमा उक्त संख्या २१ दशमलव ७ प्रतिशत रहेको थियो । प्रतिवेदनमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ ।

त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनीको संख्या ७७ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो प्रतिवेदनमा उक्त संख्या ७२ प्रतिशत रहेको थियो ।  

त्यस्तै अघिल्लो वर्ष श्रम अडिट गरिएका उद्योग–प्रतिष्ठानमध्ये ६१ दशमलव १ प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ५० दशमलव दुई प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारको रूप फेरिँदै गएको अवस्थामा श्रम शोषणको मापनहरू थपिँदै गएको र श्रमिकको अधिकार खोसिँदै गएको महसुस भएको बताए  । 

यसअघि प्रत्यक्ष रुपमा रोजदाताहरूले शोषण गर्दै आएकोमा अहिले राज्य वा रोजगारदाताबाट भन्दा पनि अदालतलाई नै प्रयोग गरेर श्रम अधिकार खोस्ने काम भएको पाइएको बताए । 

त्यस्तै २०८० मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान शून्य दशमलव ६ प्रतिशत रहेकोमा यसवर्ष पनि सोही अनुपातमा रहेको जिफन्टले जनाएको छ । जिफन्टले वैशाख १८ गते प्रधानमन्त्रीको उपस्थितिमा भव्य रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने जानकारी दिएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : २४ बजे

कसले जित्ला विश्वकप ? ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० देशले नजित्ने संयोग !

काठमाडौं- यसपालीको विश्वकप कसले जित्ला ? यो अहिले विश्वभरका फुटबल

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

काठमाडौं– विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट