नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड « Khabarhub

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ । मुलुकको पर्यटन प्रबर्द्धनका लागि नयाँगन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले मंगलबार काठमाडौंमा ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम गरेको हो ।

बोर्डले पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गरेको हो । यस कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुती गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रबर्द्धन हुन नसकेका गन्तव्यहरूको भिडियो सामग्री प्रस्तुत गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रबर्द्धन र प्रचारका नयाँ पुस्तालाई जोडेर प्रविधिको भरपूर उपयोग गर्नुपर्ने बताएका छन् । 

सीईओ जोशीले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेको युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकोसमेत बताएका छन् । कार्यक्रममा लेखक तथा हिमाल मिडियाका प्रकाशक सम्पादक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटन उपज उत्पादक र कन्टेन्ट क्रियटरहरुलाई गुणस्तरीय पर्यटन विकासमा लाग्‍न प्रेरित गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्‍जु) र सुदूरपश्‍चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहित भिडियो सामग्री प्रस्तुत गरेका हुन् । यसका साथै कार्यक्रममा कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटरबीच अन्तरक्रियासमेत गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : १८ बजे

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु