शहीदका पीडा बिर्सेका छैनौँ : प्रचण्ड « Khabarhub

शहीदका पीडा बिर्सेका छैनौँ : प्रचण्ड


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ।

सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्ष दाहालले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भने, ‘समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौँ, नसके केन्द्रमा पुर्‍याएर अगाडि बढाउनेछौँ।’

उनका अनुसार अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग संवाद भइरहेको छ।

उनले स्मरण गरे, ‘प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो।’

अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टी अझै त्यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा रहेको बताएका छन्।

उनले भने, ‘शहीदहरू राष्ट्रिय शहीद घोषित हुनु सन्तोषको कुरा हो।’ सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको जानकारी दिइएको छ।

आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ। साथै, कम्तीमा एक जना परिवार सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको जानकारी दिइएको छ।

 जनयुद्धमा समर्पित परिवारको योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘हामी तपाईँहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ।’

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : ५१ बजे

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।