भेरी अस्पतालको ओपिडी सेवा सञ्चालन « Khabarhub

भेरी अस्पतालको ओपिडी सेवा सञ्चालन


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ । 

ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए । उनले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा निर्माण भएको आगलागी छानबिन समितिलाई विस्तार गरिएको जानकारी दिँदै छानविन समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयलगायतबाट एक-एक प्रतिनिधिसमेत सदस्य रहेको बताए। 

‘धेरै विषयबाहिर आएका छन्, त्यसैले यसको निष्पक्ष छानबिन होस भनेर यस्तो समिति निर्माण गरिएको हो’, डा सुवेदीले भने । 

अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब रु चार करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने ‘भ्याक्सिन’लगायत सबै जलेर नष्ट भएका थिए ।  

मेडिकल स्टोरभित्र राखिएको ‘फ्रिज’मा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएको बताइएको भए पनि त्यसको छानबिन प्रक्रिया सुरु भएको छ ।  
 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ०६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह