आजका समाचार : भन्सार विधेयक पारित, गगनसँग माग्यो अदालतले जवाफ र क्यानाडासँग नजिकिँदै चीन- भारत  | Khabarhub Khabarhub

आजका समाचार : भन्सार विधेयक पारित, गगनसँग माग्यो अदालतले जवाफ र क्यानाडासँग नजिकिँदै चीन- भारत 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

माओवादीलाई एमालेको सुझाव- शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउनुस्
नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन नेकपा माओवादी केन्द्रलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए ।

उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गरे । विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उनले बताए ।

त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको उल्लेख गरे ।

उनले समितिमा विचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिबद्धता आवश्यक पर्ने जिकिर गरे ।

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह

नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

संसद्‌बाट भन्सार विधेयक बहुमतले पारित

रबि र रबिन्द्रलाई प्रतिशोधपूर्ण रूपमा थुनियो : मनिष झा

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षीको विरोध

शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरूको आग्रह

पोषणभत्ता वृद्धि गर्न सरकारलाई सांसदहरूको सुझाव

सरकारले शिक्षकका जायज माग तत्काल पुरा गर्नुपर्छ : सुशीला थिङ

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र स् अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए ।

महामन्त्री थापाले यसो भनेका थिए –सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई, अढाई, तीन वर्षदेखि तँलाई हान्दिऊँ, तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ, कहिले पर्सि हेर्ने भन्छ । त्यो, त्यसले के गर्छ ?

अदालतको विश्वासप्रति प्रश्न गराउँछ । यो विषय एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेको काम, त्यसमा भएको नियुक्ति भएका मानिसहरूको टर्म सकिन लागिसक्यो । जान लागिसक्यो ।

कीर्तिपुरको प्रसंग दोहोर्‍याउँदै गगनले भने- सीप र क्षमता दिए डाँडामा बसेर महिनाको दुई-तीन लाख कमाइन्छ

गगन थापाविरुद्ध रिटको पेसी न्यायाधीशद्वय प्रधान र पाण्डेयको इजलासमा

उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

जिफन्टको ‘रिपोर्ट’ : २९ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरू वञ्चित हुनु परेको बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सूचनाको अभावमा युवाहरू रोजगारीको अवसरबाट वञ्चित हुनु परेको बताएका हुन ।

मन्त्री भण्डारीले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरू भेटेर रोजगारी माग्न आउँदा देशभित्र कसरी एकीकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको आविष्कार भएको बताए ।

उनले भने, यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तिको रूपमा स्थापित हुनेछ, यसले युवाहरूलाई देश भित्र पनि मिहिनेत र आत्मविश्वास भर्नेछ ।

शहीदका पीडा बिर्सेका छैनौँ : प्रचण्ड

भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा छ : रक्षामन्त्री राई

सुर्खेतका दुई स्थानीय तहले दिए विद्यालय सञ्चालन गर्न निर्देशन 

स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने नीति ल्याउन संसदीय समितिको सुझाव

मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत प्रस्थान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारततर्फ प्रस्थान गरेको छ ।

भारत सरकारको निमन्त्रणामा मंगलबार टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको हो ।

दुबै देशको तर्फबाट मुख्यमन्त्रीस्तरीय औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको छ। बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ।

भारत भ्रमण जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताए । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ ।

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री थापालाई 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु

काभ्रे-कोशीपूर्व सडक : पन्ध्र वर्षपछि कालोपत्र 

३० हजार घुस लिएको आरोपमा सईविरूद्ध विशेष अदालतमा मुद्दा

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गरेका छन् ।

‘हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ’, मोदीले भने, ‘भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।’

क्यानाडा र भारतबीचको सम्बन्ध एक क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नताको आरोप पश्चात तनावग्रस्त भएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

कार्नीको जितपछि क्यानाडासँग सम्बन्ध सुधार्न चीन तयार

दुई दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

बत्ती निभेपछि स्पेन र पोर्चुगलका धेरै शहरमा संकटकाल

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट






















प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : ५७ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा