अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू) « Khabarhub

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामका साथ मनाइँदै छ ।

सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ  ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए ।

नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

सो अवसरमा नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघसस्थाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १० : ०७ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।