आफ्नै पार्टीको आन्दोलनले सर्‍यो रेखाको डेब्यू नाटक ‘मीरा’ | Khabarhub Khabarhub

आफ्नै पार्टीको आन्दोलनले सर्‍यो रेखाको डेब्यू नाटक ‘मीरा’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाको डेब्यू नाटक ‘मीरा’को प्रिमियर शो सरेको छ । राजनीतिक कारण देखाएर यो नाटकको प्रदर्शन स्थगन गर्नु परेको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीको थिएटर उद्घाटन र ‘मीरा’ नाटकको प्रिमियर बिहीबार एकसाथ हुने बताइएको थियो । तर काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी र प्रमुख सत्तारुढ नेकपा एमाले कार्यक्रम रहेकाले नाटकको प्रदर्शन मिति सरेको हो ।

राप्रपासमेतका राजावादीको आन्दोलनले आमजनजीवन प्रभावित हुन सक्ने भन्दै ‘मीरा’को प्रिमियर जेठ १९ लाई सारिएको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ ।

ठूलो पर्दामा साढे दुई दशक अभिनय गरेपछि नायिका रेखा थापाले ‘मीरा’बाट नाटकमा डेब्यू गर्दैछन् ।

नाटक स्थगन हुनुमा रेखाको पार्टीको शक्ति प्रदर्शन पनि प्रमुख कारण रहेको एकेडेमीले जारी गरेको विज्ञप्तिबाट बुझ्न सकिन्छ ।

रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ हुन् । यही पार्टीबाट गत प्रतिनिधि सभा चुनावमा उनले मोरङ ३ बाट उम्मेद्वारी पनि दिएकी थिइन् ।

उनले बुधबार मात्रै भनेकी थिइन्, ‘कसैको जनजीवन र व्यवसाय प्रभावित हुन्छ भने त्यो आन्दोलन, आन्दोलन होइन ।’ बिहीबार भने उनको पहिलो नाटक आफ्नै पार्टीको आन्दोलनले रोकिएको सूचना सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १२ : ५९ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार