गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुग्यो : शंकर पोख्रेल « Khabarhub

गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुग्यो : शंकर पोख्रेल


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोख्रेल लोकतान्त्रिक गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुगेको बताएका छन् ।

एमालेद्वारा बिहीबार आयोजित गणतन्त्र उत्सवलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महासचिव पोख्रेलले पञ्चायतको अन्त्यसम्ममा जनताको औसत आयु ५४ वर्ष रहेकामा गणतन्त्रकै कारण औसत आयु वृद्धि भएको बताए ।

पोख्रेलले पञ्चायतको अन्त्यसम्ममा धनी र गरिबको खाडल २१ गुणा रहेकामा हाल ६ गुणामा सीमित भएको बताए । उनले पञ्चायतको अन्त्यसम्ममा ८ हजार किलोमिटर रहेको मुलुको सडक सञ्जाल १ लाख किलोमिटर भन्दा बढी निर्माण भइसकेको बताए ।

गणतन्त्रपछि केन्द्र सरकारले ४३ हजार किलोमिटर सडक सञ्जाल निर्माण गरेको र प्रदेश सरकारले ६३ हजार किलोमिटर सडक सञ्जाल निर्माण गरेको बताए ।

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको, जनताको सार्वभौम शक्तिको प्रतीकका रुपमा रहेको गणतन्त्रले नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ५२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी