गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुग्यो : शंकर पोख्रेल « Khabarhub

गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुग्यो : शंकर पोख्रेल


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोख्रेल लोकतान्त्रिक गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुगेको बताएका छन् ।

एमालेद्वारा बिहीबार आयोजित गणतन्त्र उत्सवलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महासचिव पोख्रेलले पञ्चायतको अन्त्यसम्ममा जनताको औसत आयु ५४ वर्ष रहेकामा गणतन्त्रकै कारण औसत आयु वृद्धि भएको बताए ।

पोख्रेलले पञ्चायतको अन्त्यसम्ममा धनी र गरिबको खाडल २१ गुणा रहेकामा हाल ६ गुणामा सीमित भएको बताए । उनले पञ्चायतको अन्त्यसम्ममा ८ हजार किलोमिटर रहेको मुलुको सडक सञ्जाल १ लाख किलोमिटर भन्दा बढी निर्माण भइसकेको बताए ।

गणतन्त्रपछि केन्द्र सरकारले ४३ हजार किलोमिटर सडक सञ्जाल निर्माण गरेको र प्रदेश सरकारले ६३ हजार किलोमिटर सडक सञ्जाल निर्माण गरेको बताए ।

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको, जनताको सार्वभौम शक्तिको प्रतीकका रुपमा रहेको गणतन्त्रले नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ५२ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल