संघीय आयोजनाबाट झण्डै १५ लाख हेक्टरमा सिँचाइ विस्तार « Khabarhub

संघीय आयोजनाबाट झण्डै १५ लाख हेक्टरमा सिँचाइ विस्तार


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारबाट सञ्चालित आयोजनाबाट झण्डै १५ लाख हेक्टर कृषियोग्य भूमिका सिँचाइ सुविधा पुगेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले संघीय आयोजनाबाट ०८१ फागुन सम्म १५ लाख ७३ हजार ५५९ हेक्टर देखाएको हो ।

सिँचाइ गुरुयोजना सन् २०१९ अनुसार २०८१ फागुनसम्म कुल सिँचाइयोग्य जमीन २५ लाख ३६ हजार ३१९ हेक्टरमध्ये ६२.२८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।

यसका साथै, कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७६४ हेक्टरमध्ये ४४.४ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ ।

विगतको दशकमा सरकारले सिँचाइ क्षेत्रको लागि बजेट विनियोजन औसतमा १३.६ प्रतिशतले बढाएको र त्यस अवधिमा यस क्षेत्रको औसत खर्च १३.७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : १२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर