काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू) « Khabarhub

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको चित्र टाँसेर मनाइँदैछ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराह पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।

नाग पञ्चमीको दिन उपत्यकाको नागपोखरी, नागदह र भक्तपुरको नागपोखरीमा भक्तजनहरूको विशेष भिड रहने गरेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : ०२ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी